काठमाडौँ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका जेन जेड नेता किरण केसी पछिल्लो समय अन्तरिम सरकारको सम्भावित मन्त्री बन्न सक्ने चर्चामा रहेका छन । केसीको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने गरेर मन्त्री बन्न लागेको चर्चा चलेको हो ।
अन्तर्राष्ट्रिय शिक्षादीक्षा, युवा अनुकूल सोच, र पारदर्शी नेतृत्वको पक्षधर केसीको नाम मन्त्रिपरिषद् गठन सम्बन्धी छलफलमा विशेष रूपमा अगाडि आएको बताइएको छ। अष्ट्रेलियाको Federation University बाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर (Master of Business) र भारतको Visvesvaraya Technological University बाट इन्जिनियरिङ स्नातक गरेका केसी हाल नेपालमा युवा र सामाजिक आन्दोलनसँग गहिरो रूपमा संलग्न छन्।

उनले मिटर ब्याजी विरुद्धको जनआन्दोलन, भ्रष्टाचार विरोधी अभियान र न्भल(श् आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए। समाजसेवी र उद्यमीका रूपमा परिचित केसीले नेपालमा पर्यटनको दिगो विकास, युवालाई उद्यमशीलताको मूलधारमा ल्याउने नीति, र सार्वजनिक नेतृत्वमा पारदर्शिता र जवाफदेहिता कायम गर्न निरन्तर आवाज उठाउँदै आएका छन्।
उनको व्यक्तिगत दृष्टिकोण अनुसार, “नेपालको संस्कृति, पर्यटन र नवप्रवर्तनलाई पारदर्शिता, सृजनशीलता र समावेशितासहित विश्वस्तरमा पुर्याउनु नै मेरो सपना हो।” यद्यपि मन्त्रिपरिषद्को अन्तिम टुंगो अझै लागेको छैन, राजनीतिक वृत्तमा केसीको नामले चर्चा र उत्साह दुवै सिर्जना गरेको छ।