Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माइतीघर मण्डलाबाट जेनजी अभियन्ता डा. निकोलस भुसालसहित तीन जना पक्राउ

माइतीघर मण्डलाबाट जेनजी अभियन्ता डा. निकोलस भुसालसहित तीन जना पक्राउ

 

काठमाडौं, माइतीघर मण्डलामा आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदै आफ्ना मागहरूप्रति आवाज उठाउन गएका जेनजी अभियन्ता डा. निकोलस भुसालसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘जेनजी आन्दोलन’ले आफ्ना मुख्य मागहरू अझै पूरा नभएको भन्दै आन्दोलनको एक महिना पुगेको अवसरमा आज प्रदर्शनको आयोजना गरेको थियो। तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि नै माइतीघर मण्डला लगायतका क्षेत्रमा कुनै पनि किसिमको धर्ना, जुलुस वा प्रदर्शन निषेध गरेको सूचना जारी गरिसकेको थियो।

त्यसैको पालना स्वरूप माइतीघर क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो र प्रदर्शन गर्न खोज्नेहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ।