Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा फेरि वृद्धि, तोलाको रु. २,३७,९९८ पुग्यो

सुनको मूल्यमा फेरि वृद्धि, तोलाको रु. २,३७,९९८ पुग्यो

काठमाडौं, सुनचाँदी बजारमा मूल्य वृद्धिको क्रम मंगलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन (Gold Hallmark) को मूल्य प्रतितोला रु. २,३७,९९८ पुगेको छ, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।

हिजो सोमबार मात्र छापावाल सुनको मूल्य रु.२,३५,४०२ थियो। आजको तुलनामा रु. २,५९६ ले वृद्धि भएको हो।

मंगलबार दुई हजार ९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार दुई हजार ९ सय ५५ रुपैयाँमा झरेको छ ।