Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा फेरि कीर्तिमान वृद्धि, तोलाको रु. २,३५,४०२ पुग्यो

सुनको मूल्यमा फेरि कीर्तिमान वृद्धि, तोलाको रु. २,३५,४०२ पुग्यो

काठमाडौं, सुनचाँदी बजारमा मूल्य वृद्धिको क्रम मंगलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन (Gold Hallmark) को मूल्य प्रतितोला रु. २,३५,४०२.८५ पुगेको छ, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।

हिजो सोमबार मात्र छापावाल सुनको मूल्य रु. २,३३,१०० थियो। आजको तुलनामा रु. २,३०२.८५ ले वृद्धि भएको हो।

 पछिल्ला दिनहरूमा लगातार उकालो लागिरहेको मूल्यले उपभोक्तामाथि थप आर्थिक दबाब सिर्जना गरेको छ। व्यवसायीहरूले मूल्य अझै केही दिन बढ्ने सम्भावना औंल्याएका छन्।