Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पार्टीका नेताले ओली र लेखकलाई पक्राउ गर्ने अभियानमा दिए साथ,फेसबुकभरी चल्यो अभियान

रवि लामिछानेको पार्टीका नेताले ओली र लेखकलाई पक्राउ गर्ने अभियानमा दिए साथ,फेसबुकभरी चल्यो अभियान

काठमाडौं, रवि लामिछाने नेतृत्वको रास्वपाका नेताहरुले ओली र लेखकलाई पक्राउ गर्न चलाएको अभियानमा साथ दिएका छन । जेन जीहरुले यतिबेला के पी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्न भन्दै एरेष्ट अभियान चलाएका छन । जुन अभियानमा रास्वपाका नेताहरु पनि मिसिएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुईजना केन्द्रीय सदस्यले सुदन गुरुङको पोष्ट सेयर गदैँ प्रकाउ अभियानमा साथ दिएका छन । रास्वपा नेता गणेश कार्की र ज्वाला संग्रौलाले जेन जीको यो अभियानलाई साथ दिएक हुन । गणेश कार्कीले आफ्नो फेसबुकमा पोस्टर राख्दै लेखेका छन– तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक लगायतका हत्यारालाई पक्राउ गर्न जेनजीहरू दबाब बढाउँदै छन् ।’

केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पनि पोस्टर सेयर गर्दै लेखेकी छन–डु इट उनले एउटा भिडिओसमेत बनाएरु सुधन गुरुङको अभियानमा समर्थन जनाएकी छन् ।  जेनजी अभियानकै एक अभियन्ता रक्षा बलमे भने अर्कै पोस्टर सेयर गरेकी छन्, जसमा ओलीको मात्रै फोटो छ । उनले लेखेकी छन्, ‘अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ ।

जेनजी को आन्दोलनमा निहत्था कलिला विद्यार्थीमाथि गोली दाग्न आदेश दिने एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’ सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् । गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ । सुदन गुरुङले ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ एण्ड एरेस्ट मर्डर भन्दै फेसबुक ट्रेन्ड सुरु गरेकाहुन्।

राष्ट्रका लागि गर वा मर अभयिान सुरु  गरेको भन्दै उनले आफ्नो फेसबुकमार्फत ओली र लेखकको तस्बिरसहितको पोस्ट गरेका छन्।   जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि दमन गरेको, जेनजी प्रदर्शनकारीको हत्या गरेको आरोप जेनजी अभियान्ताहरुले लगाउँदै आएका छन्।   सुदनले फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टरमा उनीहरुलाई तत्काल पक्राउ नगरे पक्राउ गरेर कारबाही गर्न बाध्य पारिने चेतावनी पनि दिइएको छ।