Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लाङटाङ जाँदै गर्दा खोलाले बगाएका चार जनामध्ये तीनजना एउटै परिवारका, अवस्था अझै अज्ञात

लाङटाङ जाँदै गर्दा खोलाले बगाएका चार जनामध्ये तीनजना एउटै परिवारका, अवस्था अझै अज्ञात

काठमाडौं, लाङटाङ घुम्न गएका भक्तपुरका चारजनामध्ये तीनजना एउटै परिवारका रहेको खुलासा भएको छ। शनिबार गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ब्याम्बो होटलमा रात बिताएर लाङटाङतर्फ हिँडेका उनीहरू गोसाइँकुण्ड–४ को बेरिङ खोल्साले बगाएपछि बेपत्ता भएका थिए।

बेपत्ता हुनेमा भक्तपुर नगरपालिका–१० काठमाडौं बस्ने २३ वर्षीय रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोटकी २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन्।

सूर्यविनायक–४ का वडाध्यक्ष लच्छुराम न्यौपानेका अनुसार संस्कृति, किशन र सनिता एउटै परिवारका हुन्। ती सबै रामेछापबाट बसाइँसराइ गरी हाल दधिकोटमा बस्दै आएका थिए।

घटनापछि खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहका अनुसार नेपाली सेना र प्रहरीको टोली नुवाकोट सीमासम्म परिचालित गरिएको छ भने नुवाकोट प्रहरीले समेत सहयोग गरिरहेको छ।

यसअघि उनीहरू मध्यपुरथिमिका हुन् भन्ने समाचार आएको थियो। लाङटाङ जाने क्रममा उनीहरूले मध्यपुरथिमिको शंखधरचोकबाट सवारी चढेकाले भ्रम सिर्जना भएको जनाइएको छ।