Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘खुनी दरिन्दे समूह’को नामबाट ह्वाटसअप ग्रुप बनाएका एक युवाको हत्या,४८ घण्टाभित्रै अपराधी पक्राउ

‘खुनी दरिन्दे समूह’को नामबाट ह्वाटसअप ग्रुप बनाएका एक युवाको हत्या,४८ घण्टाभित्रै अपराधी पक्राउ

‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाटसअप ग्रुप बनाएका युवाहरूले एक युवाको हत्या गरेका छन । २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताएका छन । 
वीरगन्जमा लागेको दशैं मेलामा अष्टमीको राति अर्थात मंगलबार राति ११ः३० बजेतिर वीरगन्ज महानगरपालिका–१० गीतामन्दिर रोडमा युवाहरूको दुई समूहबीच कुटपिट हुँदा बाराको परवानीपुर गाउँपालिका–९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको मृत्यु भएको थियो।  

 
उक्त घटनबारे जानकारी दिन बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पाठकले ‘खुनी दरिन्दे समूह’ को नामबाट ह्बाट्स अप ग्रुप बनाएका युवाहरूको समूहले मृतक गोल्डेनको समूहसँग यसअघि पहिलेपनि भएको झगडाको रिसबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरेको जानकारी दिए।  दशैंको मेला घुम्न आएका बेला गोल्डेनलाई ‘खुनी दरिन्दे समूह’ ले हातमुक्का र बाँसको भाटासमेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषित गरेको पाठकले बताए। गोल्डेनको हत्यामा संलग्न मुख्य आारोपित सहित ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारी प्रहरी उपरीक्षक पाठकले दिए। 


पाठकका अनुसार पक्राउ पर्नेहरूमा हत्याका मुख्य आरोपी पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्। 
तीमध्ये ३ जनालाई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो भने बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो। 
मंगलबार राति घटना भएको खबर पाएलगत्तै आफूसहित वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको प्रहरी टोली घटनाको अनुसन्धानमा खटेर घटना भएको २४ घण्टाभित्रै मुख्य आरोपितसहित ५ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक पाठकले दाबी गरे। उक्त घटनामा संलग्न अरू केही व्यक्तिहरूको पनि पहिचान खुलिसकेको भन्दै प्रहरी उपरीक्षक पाठकले उनीहरूको खोजी कार्यपनि जारी रहेको बताए। 


पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्। तीमध्ये ३ जनालाई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो भने बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो।