Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कान्तिपुरमा सन्दिप लामिछानेको समाचार छाप्न उपप्रमखुले नै दिएको विजय पौडेलको खुलासा,कान्तिपुर भित्र हलचल मच्चियो

कान्तिपुरमा सन्दिप लामिछानेको समाचार छाप्न उपप्रमखुले नै दिएको विजय पौडेलको खुलासा,कान्तिपुर भित्र हलचल मच्चियो

काठमाडौं, सन्दिप लामिछाने सम्बन्धि अपुस्ट समाचारले कान्तिपुरको सम्पादकीय नेतृत्व नै हल्लिएको छ । समाचार प्रमुख विजय पौडेलले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। पत्रकार विजय पौडेल अब आफु कान्तिपुरकर्मी नरहेको भन्दै कान्तिपुर टेलिभिजनबाट बाहिरिएका हुन । उनले क्रिकेटर सन्दीप लामिछानेबारे कान्तिपुर टिभी डटकममा प्रकाशित एक समाचारको विषयलाई लिएर व्यवस्थापन टिमले प्रश्न उठाएपछि नैतिक जिम्मा लिएर राजीनामा दिएका छन ।

कान्तिपुरका प्रवन्ध निर्देशक सम्भव सिरोहियाले लामिछानेसँग सम्बन्धित समाचारको विषयमा सार्वजनिक रुपमै समाचार प्रमुखमाथि प्रश्न उठाएका थिए । तर, विजयले आज आफ्नो राजीनामा दिँदै सो समाचार टिभीका समाचार उपप्रमुखले स्वीकृति दिएपछि टिभीको अनलाईनमा प्रकाशित भएको खुलासा गरेका छन् । उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।  कान्तिपुर टेलिभिजनबाट बाहिरिएको छु । अव देखि म कान्तिपुरकर्मी होइन ।

इतिहासदेखि आजसम्म कान्तिपुर टिभिवाट भएका कामलाई ओझेल पार्ने गरि सिंगो समाचार शाखा र आफ्नै समाचार टीम माथि सार्वजनिक रुपमा प्रश्न उठाइएको छ । पत्रकारितामा मैले झण्डै तीन दशक लामो समय विताएको छु । यसमा सबैभन्दा धेरै समय कान्तिपुर मै काम गरेको छु । काम गर्ने क्रममा २०६२–०६३ को आन्दोलनदेखी अहिलेको आन्दोलनसम्म आईपुग्दा धम्कि पनि धेरै आए, कुटपिट पनि भए, घाइते पनि भएँ । यि सबै व्यक्तिगत भएपनि कान्तिपुरसँग जोडिएकाले भएका हुन् ।

समाचार निर्माणको निश्चित प्रक्रिया र मापदण्ड हुन्छ । सन्दिपको विषयमा, उनले युनिटी कप सिरिजको पहिलो म्याच किन खेलेनन् र दोश्रो म्याच खेल्छन् कि खेल्दैनन भन्ने सर्वत्र चासो थियो । पहिलो म्याचमा नेपालले ऐतिहासिक जित हासिल गरेकाले यो चासो झन बढेको थियो । यस विषयमा के भएको हो समाचार बनाउन सम्पादकीय नेतृत्वको हिसाबले मैले नै समाचार उपप्रमुख र स्पोर्टस व्युरो चिफ तथा रिपोर्टरलाई भनेको हो । जहिले पनि समाचार रिपोर्टरले लेख्ने, कपी एडिटरले हेर्ने र पोष्ट गर्ने प्रक्रिया नै हो । यो प्रक्रियामा समाचार प्रमुख तथा उपप्रमुखले समाचार हेरेर स्वीकृति दिने काम पनि हुन्छ ।सन्दिपको समाचार उप प्रमुखले स्वीकृति दिएपछि कान्तिपुर टिभि डट कममा प्रकाशन भएको थियो । जुन कुरा मैले पछि मात्र थाहापाउछु।