Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले आफना विरोधीलाई पार्टीबाट निकाल्ने,गोकुल देखि योगेश र गोकर्ण विष्टलाई स्पष्टीकरण सोध्ने तयारी ?

ओलीले आफना विरोधीलाई पार्टीबाट निकाल्ने,गोकुल देखि योगेश र गोकर्ण विष्टलाई स्पष्टीकरण सोध्ने तयारी ?

काठमाडौं, जेन जी आन्दोलन पछि प्रधानमन्त्री पद नै त्याग्न पुगेका के पी शर्मा ओली यतिबेला संकटमा परेका छन् । एमालेका अधिकांश नेताहरुले ओलीको विकल्प खोज्दा उनलाई आपत परेको छ । संकटमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बसेको पार्टीको सचिवालय बैठकबाट दुईवटा प्रस्ताव पास गराउन चाहे पनि असफल बनेका छन् ।  एमालेकै नेताहरुका अनुसार एमालेको आइतबार बसेको बैठक अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विश्वास गर्दछ र ओलीकै नेतृत्वमा पार्टीलाई झन् एकताबद्ध बनाएर लैजाने निर्णय गर्दछ। र अर्को  पार्टी नेतृत्वविरोधी अभिव्यक्ति दिएका कारण केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पार्टीबाट हटाउने र उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट तथा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटालाई स्पष्टीकरण माग्ने निर्णय गर्दछ।

ओलीले यी २ निर्णय पास गराउँन खोजेका थिए । तर आइतबार ओलीले ती दुई प्रस्ताव बैठकमै ल्याउन नसकेका हुन् । ओली प्रति यतिबेला धेरै एमालेका नेताहरु रुष्ट रहेका छन् । ओलीले एमालेको नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब बढेका बेला उनी भने पद नछोड्ने मनशायमा देखिएका छन् । भदौ २४ गतेदेखि नौ दिनसम्म सेनाको सुरक्षा घेरमा बसेका ओलीले त्यहाँबाट निस्केर भक्तपुरको गुन्डुमा डेरा जमाएपछि सबैभन्दा पहिले सचिवालयका १७ सदस्यलाई एक÷एक गरेर भेटेका पनि थिए ।

 उनले नयाँ डेरामा राखेको पहिलो बैठकबाटै दुईवटा प्रस्ताव पास गराएर आफ्ना प्रखर विरोधीलाई सबैभन्दा पहिले कारबाही गर्न खोजेका एमालेका नेताहरूको भनाइ छ। ओलीले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट तथा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा स्पष्टिकरण माग्ने पहिलो सूचीमा परेका थिए । उनले जिम्मेवारी अब अर्को पुस्तालाई हस्तान्तरण गर्ने योजना बनाउनुपर्छ भन्ने नेताहरूलाई उल्टै कारबाही गर्ने प्रस्ताव ल्याउँदै छन् भन्ने सुनेर उनीहरू फेरि चकित परेका थिए।

  प्रधानमन्त्रीको कुर्सीमा बसेर जेनजी आन्दोलनमा रक्तपात मच्चाएका कारण भदौ २४ गते दिउँसो पदबाट राजीनामा दिएर नेपाली सेनाको सुरक्षा घेरमा गएका ओलीले त्यसको २० दिनपछि आइतबार (असोज १२ गते) सचिवालय बैठक राखेका हुन्। कांग्रेस–एमाले गठबन्धन सरकार तथा पार्टीको नेतृत्व गर्न असफल भएका कारण ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने दबाब पार्टीभित्र सामना गरिरहेका छन्।