Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङले दिए बढी असुल्ने यातायातलाई कारवाही गर्ने चेतावनी,बढी भाडा नलिन निर्देशन

कुलमान घिसिङले दिए बढी असुल्ने यातायातलाई कारवाही गर्ने चेतावनी,बढी भाडा नलिन निर्देशन

काठमाडौं, कुलमान घिसिङले तोकिएको भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका घिसिङले यस्तो बताएका हुन। साथै उनले बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न पनि निर्देशन दिएका छन । चार्डपर्वको बेलामा जनताहरुले बढी भाडा लिएको गुनासो आइरहेका बेला मन्त्री घिसिङ एक्सनमा उत्रिएका हुन ।  चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धारितभन्दा बढी भाडा लिइरहेको, टिकटको कालोबजारी गरेकोलगायत गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता यातायाबत व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।  यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका घिसिङले सर्वसाधारणलाई सुझाव दिएका छन्। दशै लगाएतका ठुला पर्वहरुमा यात्रुहरु ठगिने गरेका छन । उनीहरुले चर्को भाडा तिरेर यात्रा गर्न बाध्य रहेका छन ।

 दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दै गएको छ। यसै सन्दर्भमा सार्वजनिक यातायातमा चर्को भाडा लिएको गुनासो पनि बढ्न थालेको छ यात्रुहरूका अनुसार टिकट काउन्टरमा तोकिएको भाडा भन्दा बढी रकम मागिने, र नदिए टिकट नपाइने अवस्था रहेको छ।
सरकारले चाडपर्वका लागि विशेष अनुगमन टोली गठन गरेको भए तापनि प्रभावकारी कार्यान्वयन नदेखिएको यात्रुहरूको गुनासो छ। ट्राफिक प्रहरीले केही स्थानमा चेकजाँच गरे पनि अधिकांश यातायात व्यवसायी मनपरी भाडा असुल्दै आएका छन्।

यात्रु अधिकारकर्मीहरूले सरकारलाई तत्काल कडाइ गर्न आग्रह गरेका छन्। उनीहरू भन्छन्, “चाडपर्वको मौका छोपेर यात्रुलाई दुःख दिने प्रवृत्तिलाई नियन्त्रण गर्न जरुरी छ। यसरी, चाडपर्वमा घर फर्कन आतुर यात्रुहरू चर्को भाडा तिर्न बाध्य हुनु, सरकारको कमजोरी र नियमनको अभावलाई उजागर गर्ने संकेत हो। यात्रुको सहज यात्रा सुनिश्चित गर्न तुरुन्त कदम चाल्नुपर्ने देखिन्छ।