Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आलोचना होइन, अभियान चलाऔं: रास्वा नेताको पूर्वसाथीहरूलाई आग्रह

आलोचना होइन, अभियान चलाऔं: रास्वा नेताको पूर्वसाथीहरूलाई आग्रह

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सहमहामन्त्री विपिनकुमार आचार्यले पार्टी त्याग गर्नेहरूलाई नकारात्मक टिप्पणीमा समय खर्च गर्नुको सट्टा कुशासन र भ्रष्टाचार विरुद्ध सक्रिय हुन आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले लेखेका छन् — "कृपया आफ्नो ऊर्जा र समय कुशासन र भ्रष्टाचारसँग लड्न प्रयोग गर्नुहोस्। रास्वाको आलोचनामा मात्रै अल्झनु भनेको पुराना प्रणालीलाई नै सघाउनु हो।"

उनको यो प्रतिक्रिया हालै रास्वा छाडेकी  सुमना श्रेष्ठ लगायत केही पूर्व नेताहरूको पार्टीप्रतिको आलोचनालाई लक्षित छ। श्रेष्ठले पार्टी परित्यागसँगै आक्रोशपूर्ण टिप्पणी गरेकी थिइन्।

आचार्यले पूर्व नेताहरूलाई सम्झाउँदै लेखेका छन् —
"नयाँ पार्टी पुरानो भयो भनेर त्यसको मात्र आलोचना गर्दा त्यो परिवर्तन चाहनेहरूले होइन, पुराना संरचनाले फाइदा उठाउँछन्।"

उनले चेतावनी पनि दिएका छन् कि –
"संसारमा सबैभन्दा खराब पार्टी रास्वा नै हो भन्ने शैलीमा वक्तव्य दिनु वर्तमान राजनीतिका लागि घातक हो। आफू रहँदा प्रशंसा गर्ने, निस्कँदा बदनाम गर्ने परम्परा अब तोडिनुपर्छ।"

त्यसैगरी, आचार्यले अन्तरिम सरकारप्रति पनि टिप्पणी गर्दै भनेका छन् —
"अपराध प्रवृत्तिका व्यक्तिहरूलाई ढिलो नगरी कारबाही गर्न सरकारले तत्पर हुनुपर्छ। यदि सरकारले एकपल्ट चुक्यो भने पुराना पार्टी र आन्दोलनकारी दुवैको आक्रोश सामना गर्नुपर्नेछ।"