Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन जेड आन्दोलनपछि संसद विघटन गर्न राष्ट्रपति पौडेलमाथि सेनाको दबाब

जेन जेड आन्दोलनपछि संसद विघटन गर्न राष्ट्रपति पौडेलमाथि सेनाको दबाब

काठमाडौं, जेन जी आन्दोलन पछि राष्ट्रपति रामचन्द्र पौडेललाई जंगी अड्डाले कि त संकटकाल थप नत्र, भनेपछि पौडेल संसद विघटन गर्न तयार भएको खुलेको छ । आन्दोलनले तत्कालीन के पी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि सरकार बनाउने क्रममा राष्ट्रपतिले संविधान भित्रै बाट निकास निकाल्नु पर्ने र संसदलाई यथावत् राखेर चुनावको बाटोमा जानुपर्ने बताएका अडान लिएका थिए । उनको अडानले थप संकट ल्याउने संकेत देखेपछि प्रधानसेनापति असोक राज सिग्देलले तत्काल राजनीतिक निकास ननिकाले तत्काल संकटकाल घोषणा गरेर सेना परिचालन गर्नुपर्ने बताउँदै  संकटकाल लगाएर सेना परिचालन गरिएको व्यहोराको पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई दिएका थिएको पनि खुलेको छ ।

यहीँ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले ओली सरकारलाई ढालेको थियो । त्यसपछि जेन जीहरुमै मागमा सरकार बनेको छ । उनीहरुले  सरकार बनाउन पनि विभिन्न रोडम्याप तयार पारेका थिए । उनीहरुले जसरी पनि संसद विघटन हुनुपर्ने र त्यस्तो नभए सरकार नै  नबन्ने बताएका थिए । यो मागले राष्ट्रपति रामचन्द्र पौडेललाई निकै गाह्रो अवस्थामा पुर्याएको थियो । विभिन्न पार्टीका नेताहरु पनि संसद विघटन गर्न मानेका थिएनन भने राष्ट्रपति पनि विघटन गर्न नहुने बताउँदै आएका थिए । तर जेन जीहरुले नमानेपछि र काठमाडौँका मेयर बालेन शाहले पनि जेन जीको मागलाई साथ दिएपछि राष्ट्रपछि पछि हटेर संसद विघटन गर्न बाध्य बनेका हुन ।

 केपी शर्मा ओलीले २४ गते राजीनामा दिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले सरोकारवालाहरूसँगको छलफल सुरू गरिसकेका थिए ।
२५ गते सैनिक मुख्यालयमा नै जेनजीका प्रतिनिधि र आन्दोलनका स्टेकहोल्डर्स भन्दै दूर्गा प्रसाईं लगायतहरूसँग सिग्देलले छलफल गरिसकेका थिए । त्यतिबेलासम्म राजनीतिक दलका नेतृत्वहरू कहाँ कस्तो अवस्थामा छन् अत्तोपत्तो थिएन । त्यही बेला हो प्रधानसेनापति सिग्देलले– राष्ट्रपति पौडेलसँग विकल्पहरुबारे कुरा राखेको पनि खुलेको छ ।

सुरुमा राष्ट्रपति संसद विघटनका लागि तयार नभएपछि सिग्देलले आफ्नो एजेण्डालाई परिमार्जन गरेको पनि पाइएको छ ।  उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र त्यसपछि प्रतिनिधि सभा तत्काल विघटन गरिहाल्नुपर्ने प्रस्ताव राष्ट्रपति समक्ष राखेका हुन ।

तर राष्ट्रपति रामचन्द्र पौडेलले सुरूमा जेनजीको आन्दोलन युवा नेतृत्वका लागि पनि भएको र राजनीतिक दलहरूभित्रै पनि युवा नेतृत्व रहेको भन्दै आनाकानी गरेका थिए । तर अन्तिममा विभिन्न दलका नेताहरु सँग छलफल गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन र संसद विघटन गर्न तयार भएका हुन ।