काठमाडाैं, एमालेका नेता. महेश बस्नेत विरुद्ध विद्युतीय कारोबारको कसुरमा अनुसन्धान अगाडि बढेको छ । विद्युतीय कारोबा ऐन अन्तर्गतको कसुर मुद्दामा उनी विरुद्ध अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको खुलेको छ ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको छ। काठमाडौँका जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले साइबर ब्युरोलाई पत्र लेखेका हुन्। गत असोज ५ गते जिल्ला न्यायाधिवक्ता अधिकारीले साइबर ब्युरोलाई लेखेको पत्र सार्वजनिक भएको हो।
पत्रमा शोभा पाठक भनिने जानुका पाठकले दिएको जाहेरीको आधारमा बस्नेतमाथि अनुसन्धान अगाडि बढाउन प्रहरीलाई भनेको छ।
पत्रमा ‘..प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिडिरहेको छ भन्दै अमूर्त ढंगले अमर्यादित ‘भालु’ शब्द विद्युतीय साधनको प्रयोग गरी गाली बेइज्जती गरेको देखिँदा उक्त शब्द कसलाई, कुन प्रयोजनका लागि पोष्ट गरेको हो ? प्रतिवादीबाट कागज गराई खुलाउन लगाउने’ भनिएको छ। यता बस्नेतले भने आफनो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन । उनले भनेका छन,
जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई पठाएको जवाफको पत्र सार्वजनिक गरेर मेरो चरित्र हत्या गर्ने प्रयत्न गरिएको छ । जुन कुरा विगतमा पनि पटकपटक गरेको थियो।
मेरो विरुद्ध उजुरी गर्ने पात्रले उसको सोसल मिडियामा मेरो विरुद्ध निकै ठूलो चरित्र हत्या गर्ने,गालीगलोज गर्ने गर्ने,स्टाटस लेख्ने र लाइभ गर्ने काम गरेको छ। उसका विरुद्ध पनि धेरै जाहेरीहरु दर्ता भएका छन्। अहिलेसम्म कारबाही भएका छैन।
यस्तो कुनै अमूर्त र लाक्षणिक विषयलाई आधार बनाएर राखेको बिचारलाई अनुसन्धानको विषय बनाउने हो भने गृह मन्री ज्यु म लगायत धेरै मान्छेहरुलाई
त्योभन्दा धेरै गम्भीर आरोप र चरित्र हत्या गर्नेगरी साइबर एट्याक तपाईँहरूद्वारा परिचालित साइबर टिमबाट गराइएको छ। ती सबैका बिरुद्ध हजारौं जाहेरीहरू नेपाल प्रहरीका सामु आउनेछन्। तिनलाई कारबाही गर्ने हिम्मत छ कि छैन गृहमन्त्रीज्यू ? छैन भने औलो तान्दा डुडुलको निक्लेला याद गर्नु। अब अर्का ज्याजति र पूर्वाग्रहका विरुद्ध जस्ता सुकै प्रतिरोध गर्न तयार भएर बसेका छौ। भनेर लेखेका छन ।