काठमाडौं, नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) को सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुली प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
असोज १० गते शुक्रबार बसेको बैठकले उद्योगी तथा सेवाग्राहीहरूलाई २१ दिनको समय दिँदै कात्तिक १७ गतेभित्र सबै बक्यौता भुक्तानी गर्न आग्रह गरेको हो।
प्राधिकरणले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै DishHome, City Express लगायतका सेवाग्राही तथा उद्योगहरूलाई बक्यौता तुरुन्त तिर्न चेतावनी दिएको छ।
यो निर्णय ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका कुलमान घिसिङको पहिलो कार्यकारी निर्णय भएको बताइएको छ। उनले प्राधिकरणमा फर्किएपछि डेडिकेटेड लाइन बक्यौता उठाउने अभियानलाई प्राथमिकतामा राखेका छन्।
