काठमाडौं, साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, १० ग्राम सुनको मूल्य १ लाख ९१ हजार ३६० रुपैयाँ रहेको महासंघले जनाएको छ।
साताको अन्तिम दिन शुक्रबार तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँ कायम रहेकोमा आइतबार यसको मूल्य ७ सय रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार तोलाको २ हजार ७४० रुपैयाँ रहेको चाँदी आइतबार बढेर २ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।