काठमाडौँ । एमाले नेता महेश बस्नेत बालेन शाह विरुद्ध खनिएका छन । बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् । शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं,’ बस्नेतले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह को खेल सफल हुन नदिने समेत जिकिर गरे ।
‘