Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेताहरूको सम्पत्ति सार्वजनिक गर्दै छानबिन आयोग गठन गर्ने प्रचण्डको घोषणा

नेताहरूको सम्पत्ति सार्वजनिक गर्दै छानबिन आयोग गठन गर्ने प्रचण्डको घोषणा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न ठोस पहलको घोषणा गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने र सम्पत्ति छानबिन आयोग गठन गर्ने बताएका हुन्।

प्रचण्डले पार्टीको पुरानो कार्यशैलीले अब नचल्ने स्पष्ट गर्दै, सबै तहका नेताहरू, पदाधिकारीहरू र कार्यकर्ताले नयाँ कार्यपद्धति र सोच अपनाउनु पर्ने आवश्यकता औंल्याए।"अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ," उनले भने।

उनले संगठनात्मक सुधार मात्र नभई, नेताहरूको व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको बताए। खानपान, लवाइ–खवाइ र जनतासँगको व्यवहारलाई सरल र जनमुखी बनाउने विषयमा नेताहरूले लिखित सुझाव पेश गर्न निर्देशन समेत दिएका छन्।

बैठक सम्पन्न भएपछि माओवादी केन्द्रको केन्द्रीय समिति अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनेछ। पार्टीले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने वातावरण बनाउने जिम्मेवारी लिने जनाएको छ।