Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्रिपरिषद्को १९ निर्णय सार्वजनिक, केही विभागको संरचना परिवर्तन

मन्त्रिपरिषद्को १९ निर्णय सार्वजनिक, केही विभागको संरचना परिवर्तन

काठमाडौं, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १९ वटा निर्णयहरू सार्वजनिक गरिएको छ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

खरेलका अनुसार अबदेखि प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ। त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालयको मातहत राख्ने निर्णय भएको छ।

1.jpg

2.jpg
undefined

अन्य महत्वपूर्ण निर्णयहरूमा:

  • रिक्त रहेको नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा जनकराज शर्मालाई कामकाज गर्ने जिम्मेवारी दिइएको छ।

  • सहसचिव डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गरिएको छ।

यी निर्णयहरू सरकारको प्रशासनिक पुनर्संरचना प्रयास अन्तर्गत गरिएको मन्त्री खरेलले जानकारी दिए।