Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुमना श्रेष्ठसँगै रास्वपा छाडे केन्द्रीय सदस्य प्रभातले

सुमना श्रेष्ठसँगै रास्वपा छाडे केन्द्रीय सदस्य प्रभातले

काठमाडाैं, रवि लामिछाने नेतृत्वको (रास्वपा) का केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले पनि आफनो पदबाट राजीनामा दिएको खुलेको छ । अधिकारीले सुमना श्रेष्ठसँगै रास्वपा छाडेको विषय अहिले सार्वजनिक भएको हो ।  पार्टीका संस्थापक केन्द्रीय सदस्य समेत रहेका अधिकारीले शुक्रबार राजीनामा दिएको खुलेको छ ।

 जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए । यतिबेला रास्वपा छाडेर जाने नेताहरुको आम जनताहरुले पनि तिब्र रुपमा आलोचना गरेका छन । पार्टी सभापति रवि लामिछाने जेलमा रहेका छन भने देशमा उत्पन्न यस्तो विषम परिस्थितिमा पार्टीलाई छाडेपनि आलोचना भैरहेको छ । जेन जीहरुको आन्दोलन पछि राजनजीतिक दलहरु संकटमा परेका छन । यस्तो अवस्थामा पार्टीलाई एकठिक्का बनाएर लानुपर्ने हो तर रास्वपा नेताहरुले भने धमाधम पार्टी छाडेका छन ।

यसअघि सुमना श्रेष्ठले पनि रास्वपा  छाडेपछिट चर्को आलोचना भैरहेको छ। पार्टीलाई मिलाएर लैजानुपर्ने अवस्थामा आफै पार्टी छाडेपछि उनलाई अवसरवादी भन्दै आलोचना पनि भैरहेको छ । पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो । कार्यदल बनाएर संवाद गरी फर्काउन पहल गर्नुपर्ने केही नेताहरुको विचार थियो । निकै छोटो समयमा नै लोकप्रिय मत ल्याएर चौथो ठुलो दल बनेको रास्वपा लाई मिलेर जानुपर्ने देखिन्छ । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगिमा जेलमा रहेका छन भने यतिबेला रास्वपा डिपी अर्यालले हाँकिरहेका छन । यता  राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरक्षाको कारण देखाउदै घरबेटीले पार्टी कार्यालय भवन सार्न तिन महिनाको अल्टिमेटम दिएको पाईएको छ। जेनजी आन्दोलनपछि अहिले बिभिन्न ठाउमा भाडामा रहेका पार्टी कार्यालय सार्न घरबेटीहरुले दबाब दिईरहेको बेला रास्वपालाई पनि कार्यालय सार्न आग्रह गरिएको पाइएको छ ।

यसैक्रमा रास्वपालाई काठमाण्डौको बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका छन । जेनजी आन्दोलनको क्रममा धेरै पार्टीका पार्टी कार्यालय भवन जलेको देखेपछि घरबेटीले पनि रास्वपलाई त्यही डरले गर्दा घर छाड्न भनेको प्रबक्ताले बताएका छन । यता रास्वपाले केही महिनाको भाडा तिर्न पनि बाकी रहेको पाईएको छ । रास्वपाका प्रबक्ता मनिष झाका अनुसार रास्वपाले पहिले देखी नै पार्टी कार्यालय सार्ने तयारी गरिहेको छ ।