Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा कार्यालय हटाउन दबाव, घर जल्ने डरले आत्तिए घरबेटि

रास्वपा कार्यालय हटाउन दबाव, घर जल्ने डरले आत्तिए घरबेटि

काठमाडाैं,  राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरक्षाको कारण देखाउदै घरबेटीले पार्टी कार्यालय भवन सार्न तिन महिनाको अल्टिमेटम दिएको पाइएको छ। जेनजी आन्दोलनपछि अहिले बिभिन्न ठाउमा भाडामा रहेका पार्टी कार्यालय सार्न घरबेटीहरुले दबाब दिईरहेको बेला रास्वपालाई पनि कार्यालय सार्न आग्रह गरिएको पाइएको छ । यसैक्रमा रास्वपालाई काठमाण्डौको बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका छन् ।

जेनजी आन्दोलनको क्रममा धेरै पार्टीका पार्टी कार्यालय भवन जलेको देखेपछि घरबेटीले पनि रास्वपलाई त्यही डरले गर्दा घर छाड्न भनेको प्रबक्ताले बताएका छन । यता रास्वपाले केही महिनाको भाडा तिर्न पनि बाकी रहेको पाईएको छ । रास्वपाका प्रबक्ता मनिष झाका अनुसार रास्वपाले पहिले देखी नै पार्टी कार्यालय सार्ने तयारी गरिहेको छ । सबै कार्यकर्ता नेताहरुलाई पायक पर्ने गरि सार्ने तयारी पनि अन्तिम चरणमा पुगेका बेला अहिले घरबेटीले असुरक्षा महसुस गरेको भन्दै अल्टिमेटम दिएको छन् । र अब घरबेटीको अल्टिमेटमलाई मान्ने र बाकी रहेको केही महिनाको भाडा पनि तिर्ने प्रबक्ता झाले बताएका छन । अमेरिकामा रहेका घरबेटी देवकोटाले देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो ।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।यता प्रदर्शनका क्रममा देशभर एमालेका ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको थियो ।प्रदर्शनकारीले एमाले केन्द्रीय कार्यालय च्यासल, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिब शंकर पोखरेललगायत नेता तथा कार्यकर्ताको घर आगननी र तोडफोड गरेका थिए । देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले कांग्रेस, (एमाले) र (माओवादी केन्द्र) को पार्टी कार्यालय तोडफोड गरेका थिए ।

कार्यालयभित्र रहेको फर्निचर, कम्प्युटर, प्रिन्टर लगायतका सामग्री तोडफोड गर्नुका साथै कागजात सहितका सामग्री बाहिर सडकमा निकालेर आगजनीसमेत गरेका छन् ।  जेनजी पुस्ताको नामबाट भएको कार्यालय तोडफोडबाट धेरै क्षति हुन पुगेको सम्बन्धित राजनीतिक पार्टीका नेताले जनाएका छन् । अहिले यता जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ को आन्दोलनमा भएको ज्यादति र क्षतिका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले काम थालेको छ । घटनाबारे छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको आयोगले अहिले धमाधम काम थालेको हो ।