Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक राजधानीको प्रज्ञा भवनमा सुरु भएको छ। बैठकको सुरुवात महासचिव देव गुरुङले बैठकका एजेन्डा प्रस्तुत गर्दै गरेका छन्।

बैठकको प्रारम्भमा श्रद्धाञ्जली अर्पण गरिएको छ भने त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रचण्डले पेश गर्ने प्रस्तावमाथि बैठकमा विस्तृत छलफल हुनेछ।

बैठकमा विशेष महाधिवेशनको तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता र ध्रुवीकरणका विषयहरू, राहत तथा पुनर्निर्माणका मुद्दाहरूमा छलफल गरिने छ।

त्यसका साथै, जनपरिचालन, जनसम्बन्ध सुदृढीकरण, र अन्य विविध संगठनात्मक तथा रणनीतिक एजेन्डाहरू पनि बैठकको कार्यसूचीमा रहेका छन्।