Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाबुराम भट्टराईद्धारा अध्यक्ष पद त्यागेको घोषण

बाबुराम भट्टराईद्धारा अध्यक्ष पद त्यागेको घोषण

काठमाडौँ,  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्याग गरेका छन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले पद त्यागको घोषणा गरेका हुन्। भट्टराईको पदत्यागसँगै मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

शर्माका अनुसार, भट्टराईले राजीनामा भने नदिई, औपचारिक रूपमा पद त्याग मात्र गरेका हुन्। अब पार्टीको आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।

भट्टराई गत माघमा पार्टीको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए, जसअघि पार्टी विभाजन भएको थियो।