काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपति सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, र सुरक्षा व्यवस्थासम्बन्धी विषयमा विशेष छलफल गरिएको थियो।
प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसँगको भेटअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्।
यस्तै, मङ्गलबार साँझ प्रधानमन्त्री कार्कीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन्। ती सबै भेटघाटहरूलाई निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई बलियो बनाउने सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ।