Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रायमाझी दुई सातापछि कारागारमा फर्किए

रायमाझी दुई सातापछि कारागारमा फर्किए

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी झण्डै दुई हप्ता लुकिछिपी बसेपछि फेरि कारागारमा फर्किएका छन्।

भदौ २४ गते ‘जेनजी विद्रोह’का क्रममा सुन्धारा कारागारबाट भागेका उनी मंगलबार पुनः कारागारमा पुगेका हुन्। कारागार प्रशासनका अनुसार रायमाझी आफैं उपस्थित भएर समर्पण गरेका हुन्।

जेनजी आन्दोलनका बेला सुरक्षाकर्मीमाथि आक्रमण, तोडफोड र अराजकताको बीचमा देशभरका विभिन्न कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए।
तीमध्ये सुनधाराबाट मात्रै ३,३०० जना भागेका थिए। अहिलेसम्म करिब आधा मात्र कैदी पुनः कारागारमा फर्किएको कारागार स्रोतको भनाइ छ।

रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा मुद्दा चलिरहेको छ। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा छन्।