Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यले तोड्यो कीर्तिमान, चाँदीको मूल्यमा पनि वृद्धि

सुनको मूल्यले तोड्यो कीर्तिमान, चाँदीको मूल्यमा पनि वृद्धि

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाला सुनको मूल्य तोलामा रू २,२१,७०० कायम गरिएको छ।

यसअघि, हिजो सुनको मूल्य प्रतितोला रू २,१७,८०० रहेको थियो। त्यसको तुलनामा आज प्रतितोलामा रू ३,९०० ले वृद्धि भएको हो।

चाँदीको मूल्य पनि आज तोलामा रू २,६८० पुगेको महासंघले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च स्तरमा रहेको छ। आज सुनको मूल्य प्रति औंसी (ounce) करिब ३,७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढाव, विदेशी मुद्रा विनिमय दर तथा भन्सार मूल्यांकनलाई आधार मानेर दैनिक दर निर्धारण गर्ने गरेको छ।