काठमाडौँ । आज मात्रै नियुक्त भएका सञ्चारमन्त्री जगदिश खरेलले पहिलो निर्णय सार्वजनिक गरेका छन । उनको पहिलो निर्णय देशका प्रमुख शहरहरुमा निशुल्क इन्टरनेट सुविधा विस्तार गर्ने हो ।
उनले जेनजी पुस्तालाई हेरेर आफूले यो निर्णय लिएको जानकारी दिएका छन । पदभारग्रहणपछि बोल्दै मन्त्री खरेलले सार्वजनिक स्थलहरुमा दुई महिनाभित्र काठमाडौंका प्रमुख सहरहरुमा निस्शुल्क इन्टरनेट सुविधा दिइने बताए । यस्तै, ५ महिनाभित्र सात प्रदेशका प्रमुख सहरहरुमा फ्रि इन्टरनेट विस्तार गरिने उनको भनाइ छ ।