काठमाडौं, जेनजी आन्दोलनका क्रममा फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
सीआईबीका अनुसार ती मध्ये एक, माइकल नोर्मन टेलर, बाल यौन दुराचार मुद्दामा कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए। उनलाई कास्की जिल्ला अदालतको आदेशअनुसार कारागार कार्यालय कास्कीमा राखिएको थियो। अर्का एक, जसोन लोड मुडी, जबर्जस्ती करणीको आरोपमा काठमाडौँ जिल्ला अदालतको आदेशले जगन्नाथ देवल कारागारमा सजाय भुक्तान गरिरहेका थिए। दुबै भदौ २४ गते आन्दोलनकै क्रममा फरार भएका थिए।
सोमबार काठमाडौँको महाराजगञ्ज क्षेत्रमा सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियाे, भन्ने जानकारी प्रहरी नायब उपरीक्षक तथा सीआईबीका निमित्त प्रवक्ता धर्मराज भण्डारीले दिएका छन्।