काठमाडौँ । नयाँ शिक्षा मन्त्री महाविर पुनले आफुलाई मन्त्री क्वाटर नचाहिने बताएका छन । उनले आफु मन्त्रालयमै सुत्ने र त्यहीँ पकाएर खाने भन्दै क्वाटर नचाहिने बताएका हुन ।
उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिए । पदभार ग्रहण गरेपछि पत्रकारसँग बोल्दै पुनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको बताए । उनले भने, ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ।’
अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिए । उनले मन्त्रालयको गाडी भने औपचारिक काममा प्रयोग गर्ने बताए ।