काठमाडौं, अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम तय समयभन्दा एक घण्टा पछि सारिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूले आज दिउँसो २ बजे शपथ लिने भनिए पनि कार्यक्रम अब ३ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको हो।
प्रधानमन्त्री कार्कीले आइतबार चार जनालाई मन्त्रीको रूपमा सिफारिस गरेकी थिइन् — पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, र पत्रकार जगदीश खरेल।
तर, स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएकी डा. मिश्राको शपथ अन्तिम समयमा रोकिने भएको छ। शपथ रोकिने कारणबारे स्पष्ट जानकारी भने दिइएको छैन।
पूर्वप्रधानन्यायाधीश कार्की भदौ २७ गते अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। हालसम्म सरकारमा तीन मन्त्रीहरू मात्र रहेका छन्।