Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिन्हा र मिश्राको मन्त्री शपथ अन्योलमा, विवादपछि नाम फिर्ता लिने तयारी

सिन्हा र मिश्राको मन्त्री शपथ अन्योलमा, विवादपछि नाम फिर्ता लिने तयारी

काठमाडौं, मन्त्रीका लागि प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र अतिरिक्त सचिव डा. संगीता मिश्राको शपथ रोकिने सम्भावना बढेको छ । यस मध्ये पनि मिश्राको नाम भने बिहानै काटिएको छ । अहिले ४ जनाको नाम पठाए पनि बिबाद बढेपछि सिन्हाको पनि नाम काटर पठाउने तयारी गरिएको छ । प्रधानमन्त्री कार्कीले मिश्रालाई स्वास्थ्य तथा जनसंख्या र सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने गरी हिजो नाम सिफारिस गरेकी थिइन् ।

तर, दुवैको नाममा प्रश्न उठेपछि उनीहरूको शपथ रोकिने सम्भावना बढेको हो । आज शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन्। शपथ समारोह दिउँसो २ बजे शीतल निवासमा हुँदै छ। मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्।उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन्।उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन्। मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।

यस अघि रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात)  र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला ) मन्त्री बनिसकेका छन्। मिश्राले सचिव बढुवामा आफूलाई सरकारले हेपेको भन्दै मिश्राले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सरकारविरुद्ध सार्वजनिक टिप्पणी गरेकी थिइन् । उक्त टिप्पणीसँगै उनी लामो समयदेखि बिदामा बसेकी थिइन् । सचिवका लागि विकास देवकोटाभन्दा आफू वरिष्ठ रहेको दाबी गर्दै आएकी थिइन् । त्यस्तै, उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार आरोपसहित उजुरी परेको पनि खुलेको छ । त्यस्तै, सिन्हलाई संविधानको धारा १३२ को उपधारा २ मा उल्लेखित प्रावधानलाई लिएर उनीमाथि प्रश्न उठेको हो ।

 जेनजी आन्दोलन पछि काँग्रस एमाले सरकार अपदस्त गरेर जेन्जीहरुले शुसिला कार्कीको नृतृत्वमा सरकार गठन गरेका हुन् । अहिले सरकारमा राजनीतिक दल भन्दा बाहिरको ब्यक्तीलाई मन्त्राी बनाईएको हो । कार्की नेतृत्वको सरकारमा आम मानिसका रुपमा मन्त्रीहर भित्राउने तयारी भएको हो । अहिले जेनजीहरुको चाहाना भनेकौ राजनितीक दल बिनको मन्त्री मण्डल खोजी रहेका छन्। अन्तरिम सरकारिकी प्रधानमन्त्री शुसिला कार्कीलाई ६ महिनाको म्याण्डेट दिईएको छ । उनलाई ६ महिनामा चुनाब गराउनु पर्ने बाध्यता नै छ ।