Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्युत् प्राधिकरण बाट हितेन्द्रदेव निकालिए,मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय

विद्युत् प्राधिकरण बाट हितेन्द्रदेव निकालिए,मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय

काठमाडौँ । उर्जामन्त्रीमा कुलमान घिसिङले एक्सनका साथ आफनो पूरानो बदला पनि लिईरहेका छन । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएका छन । केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।

घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेयता शाक्यलाई हटाउने चर्चा चल्दै आएको थियो। दक्षिण कोरियामा रहेका शाक्य शुक्रबार मात्रै फर्किएका थिए। आइतबार ऊर्जा मन्त्री घिसिङलाई भेटेर प्राधिकरणको कामबारे जानकारी दिँदै निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका शाक्यलाई केही घण्टामै पदबाट हटाइयो।

उनलाई उर्जा मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । इन्जिनियर सिलवाल प्राधिकरणकै पूर्वउप–कार्यकारी निर्देशक हुन्। शाक्य र सिलवाल दुवैको कार्य अवधि चार वर्षको रहने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। शाक्यले प्राधिकरणमा दुई पटक कार्यकारी निर्देशकको जिम्मेवारी पाए पनि दुई पटक नै अन्यायको सामना गर्नुपरेको छ। पहिलो कार्यकाल करिब एक वर्ष र दोस्रो पटक पाँच महिनाको कार्यकालमा उनले विवादित काम भने गरेका थिएनन्। तर नियुक्ति गर्ने मन्त्रीसँगको विवादकै कारण उनको पद सुरक्षित रहन सकेन।