काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस भएको हो। उनीहरुको नियुक्तिसँगै कार्की नेतृत्वको वर्तमान सरकार ९ सदस्य हुनेछ। जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र , कृषिमन्त्रीमा मदन परियार र सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम नियुक्तिका लागि सिफारिस भएका छन। सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । सिफारिस अनुसार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।
न्यायाधीश नियुक्त हुनुअघि उनी लामो समय वरिष्ठ अधिवक्ताका रूपमा वकालतमा सक्रिय थिए। उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल मानिन्छन्। करिब सात वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहँदा उनले गरेका केही संवैधानिक फैसलाहरू महत्त्वपूर्ण छन्। केपी ओली सरकारले गरेको संसद विघटनको पहिलो निर्णय उल्ट्याउँदा संवैधानिक इजलासमा उनी पनि थिए। त्यति बेला न्यायाधीश सिन्हाले संसद पुनस्र्थापनाको पक्षमा मत हालेका थिए। त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादमा फैसला गर्नेमा पनि उनी थिए।
प्रधानमन्त्री कार्कीले अतिरिक्त स्वास्थ्य सचिव डा। मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा। मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि उनले आइतबार नै राजीनामा दिएकी थिइन् ।यस्तै पत्रकार खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।डा। परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयको जिम्मेवारी दिन मन्त्रीमा सिफारिस गरिएको छ । उनी कृषि विज्ञ हुन् । डा। परियारले तत्कालीन राज्य पुनर्संरचनाको संयोजक समेत भएर काम गरेका थिए । कृषिमन्त्रीमा सिफारिस भएका डा। मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन्। वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा। परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए। उनी अध्यक्ष रहेको समता फाउन्डेसन २००९ मा स्थापना भएको हो। यसले जातीय भेदभावमुक्त समाज निर्माणमा काम गर्दै आएको छ। यो संस्था दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशीताका लागि अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा सक्रिय छ।
उनी दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति हुन्। जलवायु परिवर्तन क्षेत्रमा पनि लामो समय काम गरे।वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । पछिल्लो समय उनलाई वीरगञ्जस्थित बन्द भएको कृषि औजार कारखानाको जिम्मा दिइएकोमा उनले त्यहाँबाट विभिन्न औजार र मेसिनको विकासमा काम गर्दै आएका छन् । यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।