Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।बैठकमा समसामयिक राजनीतिक र प्रशासनिक विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

बैठकमा जेनजी आन्दोलनका क्रममा भएका दमन र आगजनीका घटनाको छानबिनका लागि आयोग गठन गर्ने विषयमा पनि गम्भीर छलफल भइरहेको जनाइएको छ। साथै मन्त्रिपरिषद्का काम, कारबाही र प्रशासनिक सुधारसम्बन्धी विषयहरू पनि बैठकको कार्यसूचीमा छन्।

हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् चार सदस्यीय छ। अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनालसँग, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कुलमान घिसिङसँग, भने गृह तथा कानुन मन्त्रालय ओमप्रकाश अर्यालको जिम्मामा रहेको छ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको स्रोतले जनाएको छ। मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने योजना रहेको बुझिएको छ। बैठकपछि निर्णय सार्वजनिक गरिने बताइएको छ।