Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराष्ट्रपति भण्डारी जेन–जीका घाइते भेट्न अस्पताल जाने

पूर्वराष्ट्रपति भण्डारी जेन–जीका घाइते भेट्न अस्पताल जाने

काठमाडौं, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने भएकी छिन् ।  २३ गते सुरु भएको जेनजी आन्दोलनमा प्रहरीको गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने सयौँ घाईते भएका थिए । यता २४ गते झन आन्दोलनले भयाबह रुप लिएको थियो । जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्ने लगायत माग गर्दै देशैभरि आन्दोलन गरेका थिए ।

आज दिउँसो साढे चार बजे प्रहरी अस्पताल जान लागेको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । जेनजी प्रदर्शनका क्रममा पुर्व राष्ट्रपति भण्डारीको पनि निवास जलाएर ध्वस्त पारिएको छ । उनको निवासमा प्रर्दशनकारीले आगो लगाएका थिए । उनी सहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, माओवार्द अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रस सभापति शेरबहादुर देउवा लगायत अन्य नेता तथा मन्त्रीहरुको घर जलाएर ध्वस्त पारेका थिए ।  जेन–जी प्रदर्शनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

दुई सय जनाभन्दा बढी घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ऋस्पतालमा उपचाररत बिरामी भेट्ने भण्डारीले तयारी गरेकी हुन् । जेनजी आन्दोलन पछि सेना ताथ आफन्तको संरक्षणमा रहेका नेताहरु धमाधम बाहिर आइृ रहेका छन् । हिजो मात्रै ओली पनि सेनाको ब्यारेक छाडेर भाडाको घरमा सरेका छन् । एनको घर पनि प्रदर्शनकारीले आलो लगाई दिए पछि बस्न नमिल्ने अबस्थामा छ । यता काँग्रस सभापति देउवा दम्पत्ति भने अझै अस्पतालमै छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पत्ति घाईते भएका थिए । अबस्था भयाबह बनेपछि तत्कालीन सरकारलाई अपदस्त गरेर जेनजीहरुले पुर्व प्रधान न्यायाधिस शुसिला कार्कीको नेतृत्वमा  नयाँ सरकार गठन गरेका छन् । ऋहिले सम्म सरकारले भने पुर्णता पाएको छ । प्रधानमन्त्री कार्किको क्याविनेट अहिले जम्मा ४ जनाको छ । कार्कीको थाप्लोमा १५ ओटा मन्त्रालय छन् । उनले अहिले अन्य मन्त्रीपरिषदलाई पुर्णता दिलाउन छलफल गरिरहेकी छिन् । प्रधानमन्त्री कार्कीको क्याबिनेटमा कसले प्रवेश पाउँछ भन्ने निर्णय नभइसकेकाले संभावित अनुहारहरुको खोजी जारी छ । कार्की नेतृत्वको सरकारले  नेपाली जनतामा आशा जगाउने विश्वास लिइएको छ ।

अहिले काकीृले राजनितीमा प्रबेश नगरेका ब्यक्तीलाई मन्त्रमिण्डलमा लैजाने तयारी गरिरहेकी छिन् । उनलाइ अबको ६ महिनामा निर्वाचन गराउनु पर्ने म्याण्डेट तोकिएको छ ।