काठमाडौं, जेन–जी आन्दोलनको प्रभावपछि देशले पहिलो पटक महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले अहिले सम्म मन्त्री परिषदलाई पुर्णता दिन सकिरहेकी छैनन् । अहिले कार्की नेतृत्वको सरकारमा कार्की सहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ, अर्थमा रामेश्वर खनाल, गृह र कानुन मन्त्रालयमा ओम प्रकाश अर्याल छन् ।
बाँकी सबै मन्त्रालय कार्कीको थाप्लोमा छ । अन्य मन्त्रालयलाई पनि पुर्णता दिने गरि काार्कीले तयारी थालेकी छिन् । उनले जेनजी हरु संगै विभिन्न ब्यक्तीहरु संग परामर्श गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्री परिषदमा कोहि पनि नेता नल्याउने बताएकी छिन् । अर्थात कुनै पनि राजनितीक दलको नेतालाई मन्त्रीमण्डलमा समाबेश गरिने छैन । ६ महिनाको अन्तरिम सरकारमा बेदाग र राजनितीमा नआएका ब्यक्तीलाई ल्याउने तायारी छ । त्यहि अनुसार कस्लाई मन्त्री बनाउने छलफल चलिरहेको छ ।
नयाँ सरकार गठनसँगै विभिन्न मन्त्रालयका लागि राजनीतिक दल बाहिरबाट योग्य र सक्षम व्यक्तिको खोजी भइरदा विभिन्न ब्यक्तीको नाम चर्चामा आएको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित ज्ञान र विज्ञता भएका, समाजमा राम्रो छवि बनाएका र रुचाइएका व्यक्तिहरु मन्त्रालयमा ल्याउनेगरी तयारी भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा अब कोको थपिएलान् भन्ने जिज्ञासाबीच विजय लामाको नाम चर्चामा आएको छ । नेपाल वायुसेवा निगमका क्याप्टेन लामालाई सम्भावित पर्यटनमन्त्रीका रूपमा प्रचारित गरिएको हो । नेपाल वायुसेवा निगममा लामाको कार्यविधि अब धेरै बाँकी छैनन् । त्यसैले उनी अब राजनीतिमा आउने चर्चा पनि छ । तर, यस विषयमा उनले हालसम्म केही बताएका छैनन् ।
मन्त्रालयका सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएको छ । नेपाल माउण्टेनियरिङ एसोसिएसनका अध्यक्षदेखि नेपाल पर्यटन बोर्डका नीति निर्माता, ट्रेकिङ एजेन्सीको नेतृत्वदेखि नेपाल एयरलाइन्सको बोर्ड निर्देशकसम्मको अनुभब बोकेका फुर गेल्जे शेर्पा,जय चन्द्र सूर्यको नारा लिएर तीन दशकदेखि आकाशमा नेपाललाई बोक्दै उडिरहेका क्याप्टेन विजय लामा,धार्मिक आस्था र आधुनिक दृष्टिकोणको अद्भुत मेल बोकेकी पुनम यादव र होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहको नाम पनि चर्चामा छ ।
जेनजीहरुले चर्चा गरे पनि कस्लाई मन्त्री बनाउने यकिन छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तै अनुभवी र जनमुखी नेतृत्व चाहिएको छ। प्रधानमन्त्री कार्कीको क्याबिनेटमा कसले प्रवेश पाउँछ भन्ने निर्णय नभइसकेकाले संभावित अनुहारहरुको खोजी जारी छ । चार व्यक्तित्वले बोकेको कथा, संघर्ष र प्रतिबद्धताले नेपाली जनतामा आशा जगाउने विश्वास लिइएको छ ।