Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संविधान दिवस २०८२: उपलब्धिको मूल्यांकन र जनअपेक्षाको सम्बोधनमा जोड

संविधान दिवस २०८२: उपलब्धिको मूल्यांकन र जनअपेक्षाको सम्बोधनमा जोड

काठमाडौं, आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ हर्षोल्लासका साथ मनाइँदैछ। नेपाली जनताले आफ्नै प्रतिनिधिमार्फत निर्माण गरिएको संविधान जारी भएको यो दिनले एक दशक पूरा गरेको छ। संविधान जारी भएको ऐतिहासिक दिनको सम्झनामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरे।

प्रधानमन्त्रीले नेपालको संविधानलाई नेपाली जनताको बलिदान, आन्दोलन र संघर्षको परिणाम भएको भन्दै यसले जनताको आकांक्षा, अधिकार र भविष्यको मार्गनिर्देशन गर्ने जीवित दस्तावेजको रूपमा वर्णन गरेका छन्।

प्रधानमन्त्रीले संविधान दिवसलाई केवल उत्सव नभई विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्ने अवसरका रूपमा लिइएको बताएकी छिन् । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्यायलाई आत्मसात् गरेको संविधानले तीन तहका सरकारलाई सशक्त बनाएको भए पनि सेवा प्रवाहमा पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, समान पहुँचजस्ता चुनौतीहरू अझै विद्यमान रहेको उनले स्वीकार गरीन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई प्रधानमन्त्रीले नयाँ पुस्ताको चेतना र भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिबिम्बको रूपमा व्याख्या गरेका छन्। सुशासन, मानव अधिकार, प्रेस स्वतन्त्रता, पारदर्शिता र रोजगारजस्ता विषयमा उठाइएका सवालहरू सबै पुस्ताका साझा अपेक्षा भएको भन्दै प्रधानमन्त्रीले ती मुद्दाहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीले परिवर्तनको चाहना बोकेको युवा पुस्तालाई सम्बोधन गर्दै राष्ट्र निर्माणमा उनीहरूको भूमिका अपरिहार्य रहेको बताए। उनले शासकीय प्रणालीमा सुधार, कानुनी संशोधन, नीतिगत परिमार्जन र जनमुखी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्रीले सबै सरोकारवालालाई सहयोग गर्न आह्वान गरे। साथै, संविधानको भावना अनुरूप कर्म प्रधान गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रलाई सबै नागरिकको साझा घर बनाउने संकल्प व्यक्त गरे।

प्रधानमन्त्रीले जनआन्दोलनका शहीद तथा हालको आन्दोलनमा जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका क्रममा भएको सार्वजनिक र निजी सम्पत्तिको क्षतिप्रति गहिरो दुःख प्रकट गरे।

संविधान दिवस २०८२ को अवसरमा प्रधानमन्त्रीले सबै नेपालीलाई शुभकामना दिँदै सरकार जनताको अपेक्षाप्रति प्रतिबद्ध रहने विश्वास व्यक्त गरे। उनले लोकतन्त्रलाई मजबुत पार्ने, सुशासन सुनिश्चित गर्ने र साझा समृद्धि हासिल गर्ने राष्ट्रिय संकल्पलाई पुनः दोहोर्‍याए।