Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनमत पार्टीभित्र संकट : अध्यक्ष राउतलाई राजीनामाको दबाब, ६ केन्द्रीय नेता पार्टीबाट बाहिरिए

जनमत पार्टीभित्र संकट : अध्यक्ष राउतलाई राजीनामाको दबाब, ६ केन्द्रीय नेता पार्टीबाट बाहिरिए

 काठमाडौं, जनमत पार्टीको केन्द्रीय नेतृत्वमा असहमतिले चुलिँदा पार्टीभित्र ठूलो फाटो आएको छ। पार्टी अध्यक्ष डा. सीके राउतप्रति असन्तुष्टि जनाउँदै ६ जना केन्द्रीय नेताहरूले पार्टी परित्याग गरेका छन्।

बुधबार अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले बिहीबार पार्टीको सामान्य सदस्यता समेत त्यागेका छन्। पार्टीबाट बाहिरिने नेताहरूमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले पार्टीभित्र देखिएको विवादलाई संकेत गर्दै "पार्टी छोड्न उपयुक्त समय" भएको टिप्पणी गरेका थिए।

rajinama.jpg

पार्टी परित्याग गर्दै प्रवक्ता यादवले स्पष्ट पारे, "हामी नयाँ पार्टी खोल्नका लागि होइन, डा. राउतलाई सहज बनाउने उद्देश्यले पार्टी छोडेका हौं।"

यस घटनाले जनमत पार्टीको आन्तरिक एकतालाई गम्भीर चुनौती दिएको विश्लेषण गरिँदैछ।