Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२४ घन्टा भित्र राजीनामा दिन सिके राउतलाई पार्टीका नेताहरुको अल्टिमेटम

२४ घन्टा भित्र राजीनामा दिन सिके राउतलाई पार्टीका नेताहरुको अल्टिमेटम

काठमाडौँ । सिके राउतलाई २४ घन्टा भित्र राजीनामा दिन पार्टीका नेताहरुले अल्टिमेटम दिएका छन ।  जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका हुन ।  पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरेका छन । 

जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएकाे हाे । 

Janamat-1.jpg

Janamat-2.jpg