Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी आन्दोलनले वाणिज्य बैंकलाई ३८ करोडको क्षति

जेनजी आन्दोलनले वाणिज्य बैंकलाई ३८ करोडको क्षति

काठमाडौं, जेनजी आन्दोलनको क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटपाट र आगजनी गरी करिब ३६ करोड रुपैयाँ बराबरको सुन र नगद चोरी भएको छ। साथै भैरहवा शाखाबाट १५–२० लाख रुपैयाँ नगद लुटिएको छ।

बैंकका डेपुटी प्रमुख कार्यकारी पवन रेग्मीका अनुसार, बानेश्वर शाखाबाट १७,ढद्धछ ग्राम ९करिब १८ किलो० सुन र ५ करोड १५ लाख नगद लुटिएको हो। उक्त सुन धितो राखिएको गरगहना भएको र कुल धितो सुनको करिब २५५ ९एक चौथाइ० मात्रै चोरी भएको उनले बताए।

बुधबार कायम दरअनुसार (प्रति १० ग्राम रु १,८५,२७०), लुटिएको सुनको मूल्य करिब ३३ करोड २४ लाख रुपैयाँ बराबर पर्छ।

बैंकको लकर भने सुरक्षित रहेपनि भवनका कम्प्युटर, फर्निचर, क्यामेरा, कागजात जलेर नष्ट भएका छन्। कर्जाका तमसुकहरू भने जोगिएका छन्।

नेपाल बैंकर्स संघका अनुसार, देशभर ६१ बैंक शाखा प्रदर्शनकारीको आक्रमणमा परेका छन्, केही शाखाका एटीएम मेसिनसमेत तोडिएका छन्। सरकारी कार्यालय नजिकका बैंकहरूमा बढी क्षति पुगेको छ।

२४ भदौको प्रदर्शनमा सिंहदरबार, सरकारी कार्यालय, उद्योग र उद्योगीका घरहरूमा समेत आगजनी र तोडफोड भएको थियो।