Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कार्की सरकारको सिफारिसमा संसद् विघटन, निर्वाचन फागुन २१ मा

कार्की सरकारको सिफारिसमा संसद् विघटन, निर्वाचन फागुन २१ मा

काठमाडौं, २०७९ मंसिर ४ मा निर्वाचित प्रतिनिधि सभा भदौ २७ गते विघटन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्दै आगामी २१ फागुनका लागि नयाँ निर्वाचन घोषणा गरेका हुन् ।

२०७९ पुस २५ बाट सुरु भएको दोस्रो कार्यकालमा प्रतिनिधि सभाले २१ वटा विधेयक पारित गर्यो तीमध्ये नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

४९ विधेयक संसदमा दर्ता भएका थिए, जसमध्ये २० संसदीय समितिमा विचाराधीन छन् । ५ विधेयक प्रतिनिधि सभामै विचाराधीन थिए। दुई विधेयक राष्ट्रिय सभामा सन्देशसहित पठाइएको थियो भने २ दर्ता भएर फिर्ता लिइएका छन्। साथै, ९ अध्यादेश र ४ अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरू कानुनमा रूपान्तरण भएका छन्।

संसद् विघटनसँगै हाल विचाराधीन रहेका ३० विधेयक निष्क्रिय भएका छन्, जसमा संघीय निजामती सेवा, जलस्रोत, भूमि, संवैधानिक परिषद् र साइबर सुरक्षासम्बन्धी विधेयकसमेत छन् ।

यस्तो छ प्रतिनिधि सभाको वेबसाइटमा रहेको दुवै सदनले पारित गरेर प्रमाणीकरण भएका विधेयकको सूची:

list hahahahhahahahhha.png

संविधानको धारा १११ अनुसार, संसद् विघटन हुँदा विचाराधीन वा पारित भई अर्काे सदनमा पुगेका विधेयक स्वतः निष्क्रिय हुने प्रावधान छ ।