Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

न्याय सेवा आयोगद्वारा २१ जिल्ला न्यायाधीश पदका लागि विज्ञापन खुला

न्याय सेवा आयोगद्वारा २१ जिल्ला न्यायाधीश पदका लागि विज्ञापन खुला

काठमाडौँ, न्याय सेवा आयोगले रिक्त रहेका २१ जिल्ला न्यायाधीश पदहरू पूर्ति गर्न विज्ञापन खुला गरेको छ। आयोगको भदौ ३१ गतेको बैठकले उक्त निर्णय गर्दै सूचना प्रकाशित गरेको हो। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ।

विज्ञापनमा खुला गरिएको २१ पदमध्ये आन्तरिक प्रतिस्पर्धाबाट ११ जना, खुला तर्फ ६ जना, महिला १, आदिवासी÷जनजाति २ र मधेसी समुदायबाट १ जना गरी समावेशी प्रणालीअनुसार कोटा निर्धारण गरिएको छ। आवेदन दस्तुर आन्तरिक र खुला तर्फ दुई हजार रुपैयाँ तोकिएको छ भने समावेशी समूहहरूका लागि थप पाँच सय रुपैयाँ छुट्टै तिर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपालको संविधानको धारा १४९ अनुसार जिल्ला न्यायाधीशको नियुक्ति प्रधानन्यायाधीशबाट न्याय परिषदको सिफारिसमा हुने व्यवस्था छ। सोही धारामा स्पष्ट व्यवस्था गरिएको छ किः

उपधारा (२)(क) अनुसार २०% पदहरूमा न्याय सेवामा राजपत्रांकित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरिसकेका अधिकारीहरूलाई ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनको आधारमा नियुक्ति गरिनेछ ।
उपधारा (२)(ख) अनुसार अर्को ४०% पदमा सोही तहका अधिकारीहरूमध्येबाट खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति गरिनेछ।

बाँकी ४०% पदमा भने कम्तीमा आठ वर्ष अधिवक्ता, न्यायसेवामा काम, कानुनी शिक्षण वा अनुसन्धान लगायत कानून वा न्यायसँग सम्बन्धित क्षेत्रमा निरन्तर कार्य अनुभव भएका नेपाली नागरिकहरूलाई खुला प्रतियोगिताबाट नियुक्ति गरिनेछ।