काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारसम्बन्धी आयोग आवश्यक पर्ने उल्लेख गर्दै भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् ।उक्त आयोगले अनुसन्धान गरेर आगामी सरकारलाई सजिलो हुने गरी आवश्यक आधार तयार गर्ने उनले बताइन्।
'कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं ' बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन् ।
जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग बन्ने जानकारी दिएकी छन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।
सरकारको कार्यकाल मात्र ६ महिनाको भएकाले यस अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको उनले बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा उल्लेख गरेकी छन्।