Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्तरिम सरकारमा गुल्मी र पाल्पा ले पायो गृह र अर्थ मन्त्री

अन्तरिम सरकारमा गुल्मी र पाल्पा ले पायो गृह र अर्थ मन्त्री

काठमाडौँ । लुम्बिनी प्रदेशका २ जना व्यक्तिले सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने अवसर पाएका छन्। गुल्मीका ओमप्रकाश अर्याल गृहमन्त्री कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने पाल्पाका डा.रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

गृहमन्त्री अर्याल गुल्मी जिल्ला अन्तर्गत इस्मा गाउँपालिका–६, अमरपुर निवासी हुन्। उनी लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

अर्थमन्त्री डा.खनाल भने पाल्पा जिल्ला अन्तर्गत तानसेन नगरपालिका–१, गैरागाउँ निवासी हुन्। उनी एक अनुभवी अर्थशास्त्रीका रूपमा परिचित छन् र यसअघि विभिन्न सरकारी संयन्त्रहरूमा योगदान दिँदै आएका छन्।

यी दुई जिल्लाका प्रतिनिधिहरूले प्रमुख मन्त्रालयको जिम्मेवारी पाएपछि गुल्मी, पाल्पा तथा समग्र लुम्बिनी प्रदेशभर खुसियाली छाएको छ। स्थानीयवासीहरूले सामाजिक सञ्जालदेखि चोकचोकसम्म उनीहरूको नियुक्तिको स्वागत गरेका छन्।