काठमाडौँ । काग्रेस सभापति शेर बहादुर देउवा र आरजु देउवा अझै एकहप्ता अस्पतालमै रहने भएका छन । देउवा र आरजुको शरिरका विभिन्न भागमा चोट लागेको छ भने देउवाको गर्धन र ढाडमा चोट लागेको खुलेको हो ।
देउवालाई धारिलो हतियार वा सिसाले प्रहार गरेको देखिएको छ भने आरजुको गर्धनलगायत अनुहारमा मुक्का प्रहार गरेको भएर सुन्निएको पाइएको छ ।
जेन जीको आन्दोलन उग्र बन्दा उनीहरु आक्रमणमा परेका थिए । सार्वजनिक भएका विभिन्न भिडियोहरुमा पनि देउवा दम्पत्ति माथि आक्रमण भएको देखिन्छ ।