काठमाडौँ । नेपालको कानुनी इतिहासमा पहिलो पटक एक महिला महान्यायाधिवक्ता नियुक्त भएकी छन्। वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ।
यसअघि तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए। भण्डारी कानुनी क्षेत्रकी अनुभवी व्यक्तित्व हुन्। उनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् भने पूर्व सूचना आयुक्तको भूमिकामा पनि काम गरिसकेकी छन्। नेपालको कानुनी क्षेत्रमा उनले पुर्याएको योगदान उल्लेखनीय रहेको छ। उनको यो नियुक्तिलाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ, जसले महिला नेतृत्वलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।