Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि रोकियो

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि रोकियो

काठमाडौं, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण कार्य अनिश्चितकालका लागि रोकिएको छ।

यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि लाइसेन्स छपाइ, वितरण र सूचना प्रविधिसम्बन्धी सबै सेवा बन्द रहने जनाएको छ।

विभागका अनुसार हालै भएको तोडफोड, आगजनी र चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरहरूमा क्षति पुगेकोले सेवा अवरुद्ध भएको हो।

Liecence.jpg
undefined

विभागको सूचनामा भनिएको छ, “विपद् परिस्थितिका कारण सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी दर्तासम्बन्धी सम्पूर्ण प्रणाली अर्को सूचना नभएसम्म बन्द रहनेछ।“