Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन–जी आन्दोलनमा प्रचण्ड सहित यी माओवादी नेताको घरमा क्षति

जेन–जी आन्दोलनमा प्रचण्ड सहित यी माओवादी नेताको घरमा क्षति

काठमाडौँ । माओवादीले आन्दोलनका नाममा आफ्ना नेताहरूको सम्पत्तिमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक पेजमा जेन–जीको आन्दोलनमा घुसपैठ गरेकाहरूले आफ्ना नेता कार्यकर्ताहरूको निजी सम्पत्तिमा क्षति पुर्‍याएको जनाएको छ ।

हेर्नुहोस् माओवादीले सार्वजनिक गरेको विवरण

१.अध्यक्ष क.प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।

२. वरिष्ठ उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।

३.उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।

४.उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।

५.उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।

६.उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।


७.उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

८.उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।

९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।

१०.केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

११.केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।

१२.केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

१३.केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।

१४.केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।

१५.केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त

१६.⁠केन्द्रीय सदस्य युवराज युवराज भट्टराईको घरमा आजगनी।

१७.⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८.⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त

२०.बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।