काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको विघटन गरी आगामी निर्वाचन फागुन २१ गते हुनेगरी तोकेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले यस्तो निर्णय गरेको शीतल निवासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
पूर्वप्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्की जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनलाई संविधानअनुसार आगामी ६ महिनाभित्र संघीय निर्वाचन सम्पन्न गराउने कार्यभार दिइएको छ।
राष्ट्रपतिको निर्णय अनुसार हालको प्रतिनिधि सभा विघटनमा परेको छ। निर्वाचन आयोगले अब तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी सुरु गर्ने बताएको छ।
