काठमाडौँ । बालेन शाहले मुलुकमा अन्तरिम सरकार गठन र संसद् विघटन भएपछि आन्दोलनकारी जेन जीप्रति सम्मान व्यक्त गरेका छन । सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति भएकी छिन। शपथलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी हुन ।
यसप्रति खुसी हुँदै मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेन(जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’