Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अन्तरिम सरकारको नेतृत्वका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार संविधानको सम्बन्धित धाराअनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। राष्ट्रपति पौडेलले संविधानबमोजिम अस्थायी व्यवस्था गर्नुपर्ने परिस्थितिमा निष्पक्ष छवि भएकी व्यक्तिका रूपमा कार्कीलाई चयन गरेका हुन्।

प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीको शपथ ग्रहण हिज साँझ ९ बजे राष्ट्रपति भवन शीतल निवासमा भएको हो ।  पूर्वप्रधानन्यायाधीश कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुन। न्यायपालिकामा निर्भीक र निडर भूमिकाका लागि चिनिएकी उनी राजनीतिक नेतृत्वमा आएको यो पहिलो अवसर हो।

अन्तरिम सरकार गठनसँगै आगामी आम निर्वाचनसम्म देश सञ्चालनको जिम्मा कार्की नेतृत्वको सरकारलाई दिइनेछ।